लेखनाथ महोत्सवको तयारी तीव्र, जनप्रतिनिधिसँग पदाधिकारीको बैठक
पाेखरा | मंसिर २८, २०७९
पोखराः लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको लेखनाथ महोत्सवको १८ औं संस्करणको तयारी तीव्र गतिमा बढिरहेको छ ।
विभिन्न सरोकारवाला र समुहहरुसँग छुट्टाछुट्टै बैठक तथा छलफल गरि १८ औं संस्करणलाई सभ्यभव्य र विगतका महोत्सवभन्दा फरक र व्यवस्थित बनाउन सुझाव संकलन कार्य जारी रहेको अवस्थामा बुधबार मात्र साविक पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ का वडा अध्यक्ष र जनप्रतिनिधिसँग बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
संघका अध्यक्ष एवं लेखनाथ महोत्सव २०७९ का मुलसंयोजक छत्रधर आत्रेयको अध्यक्षतामा बसेको बैठकमा वडाध्यक्षहरुबाट महोत्सवलाई व्यवस्थित बनाउन विगतका कमिकमजोरीलाई सुक्ष्मरुपमा नियमावली नयाँँ गतिविधि तथा प्रविधि प्रदर्शनी अगाडि बढ्नुपर्ने र आफुहरु सधै सकरात्मक रहेको र महोत्सव सफल बनाउन आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘महोत्सव लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

